२९ जेठ २०८३, शुक्रबार

रुस-युक्रेन युद्ध अन्त्य गर्न जेलेन्स्कीको नयाँ प्रस्ताव- पुटिनसँग ‘आमनेसामने’ वार्ता र पूर्ण युद्धविराम

जेठ २२, २०८३
काठमाडौं
रुस-युक्रेन युद्ध अन्त्य गर्न जेलेन्स्कीको नयाँ प्रस्ताव- पुटिनसँग ‘आमनेसामने’ वार्ता र पूर्ण युद्धविराम

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न नयाँ प्रस्ताव राखेका छन् । सामाजिक सञ्जालमा जेलेन्स्कीले आफू र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आमनेसामने भेटघाटको इच्छा व्यक्त गरेका हुन् ।

युक्रेनी नेताले लेखेका छन्, 'युरोपमा युद्ध फेरि एक पटक अमेरिकी ध्यानको केन्द्रबिन्दु नबनेसम्म पर्खनु गलत हुनेछ।'

उनले शान्ति युक्रेन र रूसबीच प्रत्यक्ष वार्ताबाट मात्र आउन सक्ने बताएका छन् ।

उनले प्रस्तावित वार्ता नभएसम्म पूर्ण युद्धविरामको लागि पनि आह्वान गरेका छन् । जसलाई पुटिनले बिहीबार पहिले नै अस्वीकार गरिसकेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि दुई नेताहरू भेटे भने यो धेरै राम्रो हुने बताएका थिए । 

क्रेमलिनले पत्र प्राप्त गरेको पुष्टि गरेको छ र पुटिनलाई यसबारे जानकारी गराइने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्