२६ जेठ २०८३, मंगलबार

राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति

जेठ २४, २०८३
काठमाडौं
राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला समिति सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । 

शनिबार सम्पन्न मतदानमा शाक्यले २५१ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी सुरेश सापकोटालाई पराजित गरेका हुन् । कूल ५२८ मतदाता रहेकोमा ४३८ मत खसेको थियो, जसमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

निर्वाचनबाट उप-सभापति पदमा २१६ मतका साथ रबिन्द्र गौतम विजयी भएका छन् भने सचिवमा २९७ मतसहित सन्तमान महर्जन र सह-सचिवमा ३२५ मतका साथ सौरभ बस्नेत निर्वाचित भएका छन्। यसैगरी, सदस्य पदहरूमा बलराम कार्की (२३६ मत), सम्शेर बहादुर श्रेष्ठ (१८२ मत) र केदार प्रसाद रैला (१६६ मत) विजयी भएको निर्वाचन समितिले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्