१६ असार २०८३, मंगलबार

रास्वपा सभापति लामिछानेको आह्वानमा ९ बजे सर्वदलीय बैठक

जेठ २५, २०८३
काठमाडौं
रास्वपा सभापति लामिछानेको आह्वानमा ९ बजे सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । 

समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनेर उनले  बिहान ९ बजेका लागि सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्