२८ जेठ २०८३, बिहीबार
मन्त्रिपरिषद् विस्तार

मन्त्री बन्दै महावीर पुन, सुधनसँगै शपथ

जेठ २६, २०८३
काठमाडौं
मन्त्री बन्दै महावीर पुन, सुधनसँगै शपथ

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । 

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

पुनको मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ हुनेछ । पुन: गृहमन्त्रीमा सिफारिस भएका सुधन गुरुङको शपथ पनि ३ बजेलाई तय गरिएको छ । 

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।  

उनी मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्