२७ असार २०८३, शनिबार
विपक्षीको निरन्तर अवरोध

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मलाई स्थगित

जेठ २६, २०८३
काठमाडौं
प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बिहान ११ बजेसम्मका बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।

यसअघि सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी आज मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको थियो ।

सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सदनमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्