
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विपक्षी दलहरूको बैठक बोलाएको छ ।
बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो (केही बेरपछि) बस्दैछ ।
मंगलबारको संसद् बैठक स्थगित भएपछि कांग्रेसले विपक्षी दलको बैठक बोलाएको हो ।
बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका छन् ।