२९ जेठ २०८३, शुक्रबार

काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा: शुक्रवार र शनिवार केही ठाउँमा भारी वर्षा हुने

जेठ २७, २०८३
काठमाडौं
काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा: शुक्रवार र शनिवार केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ। लामो समयको गर्मी र उकुसमुकुसपछि भएको वर्षाले जनजीवनमा केही राहत महसुस गराएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा झापा, दाङ, तनहुँ र काठमाडौंलगायत क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भएको हो । ने

अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण मौसममा यो बदली आएको हो।

आज (बुधवार) पनि देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

मधेश, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा पानी पर्नेछ।

सुदूरपश्चिमका एक-दुई स्थानहरूमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग र कर्णालीसहित सबै प्रदेशका हिमाली भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुने जनाइएको छ।

देशका पहाडी भेगमा पानी परेर मौसम शीतल भए पनि आज लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानहरूमा भने 'तातो दिन' हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा गराउने मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार आगामी शुक्रवार र शनिवार देशभर ठूलो पानी (भारी वर्षा) पर्ने सम्भावना रहेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्