२४ असार २०८३, बुधबार

बुटवलमा बिहीबारदेखि विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल

जेठ २७, २०८३
बुटवल
बुटवलमा बिहीबारदेखि विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल

मदन भण्डारी स्पोर्टस् एकेडेमीले बिहीबारदेखि बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता गर्ने भएको छ । 

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसर पारेर एकेडेमीले १९ वर्षमुनिको विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता गर्न लागेको हो ।

विद्यालय तहबाटै भलिबल खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।

सहभागी हुने टिममा न्युटन हाइ स्कूल बागमती, पोखरा युनाइटेड क्लब कास्की, इन्सपिरियसन इङलिस स्कूल झापा, न्यू होराइजन स्कूल बुटवल, दीप बोर्डिङ हाइ स्कूल बुटवल, मणिमुकुन्द कलेज बुटवल, मण्डाला स्पोर्टस् एकेडेमी पाल्पा र नवलपुर एकेडेमी रहेका छन् ।

प्रतियोगितामा बिजेता टिमले १ लाख, द्वितीयलाई  ५० हजार, तृतीयले ३० हजार र शान्त्वनाले १५ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक राम केसीले जानकारी दिए ।

त्यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीले १० हजार, बेस्ट प्लेयर, बेस्ट स्काइपर, बेस्ट सेटर, बेस्ट ब्लकर र बेस्ट डिभेन्सले ५/५ हजार र शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका केन्द्रीय सचिवालय सदस्य विनोद आचार्यले जानकारी दिए । 

पाँच दिनेसम्म चल्ने प्रतियोगिता न्यू होराइजनको खेल मैदानमा हुनेछ । एकेडेमीले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्