२० असार २०८३, शनिबार

ब्राजिल र मोरक्कोबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा

जेठ ३१, २०८३
काठमाडौं
ब्राजिल र मोरक्कोबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को निकै प्रतिक्षित खेलमा ब्राजिल र मोरक्कोबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ।

 न्यूयोर्कस्थित न्यू जर्सी स्टेडियममा भइरहेको यस खेलमा दुवै टोलीले आक्रामक फुटबलको प्रदर्शन गरिरहेका छन्।

खेलको सुरुवाती चरणमा मोरक्कोले अग्रता लिएको थियो। २१औँ मिनेटमा ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै आई. साइबारीले गोल गरेर मोरक्कोलाई १-० ले अगाडि बढाएका थिए। मोरक्कोको यस गोलले ब्राजिलियन रक्षापंक्तिलाई केही समय दबाबमा राखेको थियो।

तर, पाँच पटकको विश्व विजेता ब्राजिलले खेलको ३२औँ मिनेटमा बराबरी गोल फर्कायो। ब्रुनो गुइमारेसको सुन्दर पासमा स्टार फरवार्ड भिनिसियस जुनियरले दर्शनीय गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याए। 

भिनिसियसको यो गोलले स्टेडियममा उपस्थित हजारौँ समर्थकहरूलाई उत्साहित बनाएको थियो।
पहिलो हाफ सकिँदासम्म दुवै टोलीले थप गोलका अवसरहरू सिर्जना गरे पनि स्कोर लाइनमा परिवर्तन हुन सकेन । 

salt training

कमेन्ट गर्नुहोस्