०१ असार २०८३, सोमबार

बागमती प्रदेशको आर्थिक सर्वेक्षण पेस

जेठ ३१, २०८३
काठमाडौं
बागमती प्रदेशको आर्थिक सर्वेक्षण पेस

 बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन् ।

आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगती भएको उनले जानकारी दिए । 

मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताए । उनले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिए । 

मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गरे । 

सोही बैठकमा प्रदेशसभाअन्तर्गत रहेका पाँच वटा विभिन्न समितिका सभापतिहरूले आआफ्नो समितिको तर्फबाट सातौँ प्रतिवेदन प्रस्तुत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्