
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका छन् ।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री बालेन सोमबार बिहान सपरिवार तालिम केन्द्र पुगेका थिए ।
खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।