०९ असार २०८३, मंगलबार

नाडाको स्वर्ण उत्सवअन्तर्गत असार १३ मा ‘वाकाथन’ आयोजना हुने

असार ९, २०८३
काठमाडौं
नाडाको स्वर्ण उत्सवअन्तर्गत असार १३ मा ‘वाकाथन’ आयोजना हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव मनाउने भएको छ । 

नाडाले असार १३ गतेदेखि १९ गतेसम्म काठमाडौंसहित देशका सातै प्रदेशमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

स्वर्ण उत्सवको विशेष कार्यक्रमअन्तर्गत असार १३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि दरबारमार्गस्थित होटल याक एन्ड यतिसम्म ‘स्वर्ण उत्सव विशेष वाकाथन’ आयोजना गरिनेछ । सोही दिन होटल याक एन्ड यतिमा स्वर्ण उत्सवको विशेष समारोहसमेत आयोजना हुने नाडाले जनाएको छ । 

नाडाका अनुसार वाकाथन कार्यक्रम असार १३ गते बिहान ६ बजे दशरथ रङ्गशाला, त्रिपुरेश्वरबाट शुरू हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्