
भीरबाट खसेको ढुङ्गा लागेर कालीकोटमा एक युवकको मृत्यु भएको छ ।
कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटा रहेका छन् ।
उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी डोजर चालक हुन् । घटनाका क्रममा उनले डोजर चलाइरहेका थिए ।