१२ असार २०८३, शुक्रबार

काठमाडौं उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

असार ११, २०८३
काठमाडौं
काठमाडौं उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

 काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएका विशेष अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई ललितपुर र २ जनालाई भक्तपुर परिसरमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा/स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल प्वाइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, २४ आवर्स एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेसी एजुकेसन र ब्लुम अब्रोड रहेका छन्।

 पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्