१६ असार २०८३, मंगलबार

दाङको लमहीमा देउवा पक्षले गर्‍यो लुम्बिनी प्रदेशस्तरीय भेला

असार १६, २०८३
काठमाडौं
दाङको लमहीमा देउवा पक्षले गर्‍यो लुम्बिनी प्रदेशस्तरीय भेला

नेपाली कांग्रेसको इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा समूह)ले दाङको लमहीमा भेला गरेको छ । 

यसअघि तयारी नपुगेको भन्दै रोकिएको लुम्बिनी प्रदेशस्तरीय भेला मंगलबार लमहीमा गरिएको हो । 

पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले भेला आयोजना गरेको हो । 

देउवा समूहले यसअघि ६ प्रदेशमा भेला गरिसकेको छ । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी छन्  ।

भेलालाई गुरू बराल, किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्