१८ असार २०८३, बिहीबार

भारतले पुनः किन पहिल्याउँदैछ इन्डोनेसियालाई ?

असार १८, २०८३
काठमाडौं
भारतले पुनः किन पहिल्याउँदैछ इन्डोनेसियालाई ?

भारत र इन्डोनेसिया केवल समकालीन भू-राजनीतिले मात्र होइन, बरु करिब दुई हजार वर्ष पुरानो सभ्यताको ऐतिहासिक अन्तरक्रियाबाट जोडिएका छन्। यसै पृष्ठभूमिमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२६ जुलाईको पहिलो साता गर्न लागेको इन्डोनेसियाको प्रस्तावित भ्रमणलाई दुई देशबीचको द्रुत रूपमा विस्तार भइरहेको द्विपक्षीय सम्बन्धमा अर्को एउटा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।

यो भ्रमण गत वर्ष भारतको गणतन्त्र दिवसका मुख्य अतिथि रहेका इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोको ऐतिहासिक भारत भ्रमणको पारस्परिक प्रतिक्रिया हो। हालै नयाँ दिल्लीमा सम्पन्न आठौँ संयुक्त आयोगको बैठकपछि इन्डोनेसियाली विदेशमन्त्री सुगियोनोले प्रधानमन्त्री मोदीको भ्रमणको तयारी भइरहेको पुष्टि गरेका छन् । 

उनका अनुसार दुई देशबीचको छलफल अब परम्परागत कूटनीतिभन्दा माथि उठेर फर्मास्युटिकल्स, व्यापार, चिकित्सा तालिम, पर्यटन, संस्कृति र व्यापक आर्थिक सहकार्यमा केन्द्रित हुन थालेको छ।

पहिलो नजरमा यी घटनाक्रमहरू नियमित कूटनीतिक भेटघाट जस्ता देखिन सक्छन्, तर वास्तविकता त्यस्तो होइन। विगत तीन वर्षयता दुई देशबीच भएका सघन नेतृत्व तहको आदानप्रदान, मन्त्रीस्तरीय भ्रमण, रणनीतिक संवाद, रक्षा परामर्श र थिंक-ट्याङ्कहरू बीचको सहकार्यले भारतको विदेश मन्त्रालय (साउथ ब्लोक) र इन्डोनेसियाको विदेश मन्त्रालयले यस सम्बन्धमा अभूतपूर्व राजनीतिक पुँजी लगानी गरिरहेको स्पष्ट पार्छ।

यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ: आखिर किन अचानक इन्डोनेसिया भारतको कूटनीतिक प्राथमिकताको केन्द्रमा आइपुग्यो? दक्षिण-पूर्वी एसिया (आसियन) का अन्य देशहरूको तुलनामा इन्डोनेसियाले किन बढी रणनीतिक ध्यान पाइरहेको छ ?

यसको जवाफ केवल परम्परागत भू-राजनीतिक परिभाषाले मात्र दिन सक्दैन। यद्यपि, इन्डो-प्यासिफिक क्षेत्रको सामरिक सन्दर्भ यसमा अवश्य जोडिएको छ। समुद्री सुरक्षा, रक्षा सहकार्य, उत्थानशील आपूर्ति शृङ्खला (सप्लाई चेन) र क्षेत्रीय कनेक्टिभिटी द्विपक्षीय छलफलका मुख्य विषय हुन्।

अर्थतन्त्रको कोणबाट हेर्दा दुई देशबीचको व्यापार झन्डै ३० अर्ब डलर पुग्न लागेको छ। इन्डोनेसिया आसियन क्षेत्रमा भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदारमध्ये एक हो। तर, यस व्यापारमा भारतको १७ अर्ब डलरभन्दा बढीको व्यापार घाटा छ। सामान्यतया, यस्तो ठुलो आर्थिक असन्तुलनले राजनीतिक सम्बन्धमा संकुचन ल्याउँछ, तर यहाँ भने राजनीतिक संलग्ना झन् तीव्र बनिरहेको छ।

दक्षिण र दक्षिण-पूर्वी एसियाका यी दुई सबैभन्दा ठुला लोकतान्त्रिक मुलुकहरू अद्भूत जनसाङ्ख्यिकीय लाभांश (डेमोग्राफिक डिभिडेन्ड), रणनीतिक समुद्री भूगोल, प्राविधिक क्षमता र असाधारण जैविक विविधताले भरिपूर्ण छन्। उनीहरू 'ग्लोबल साउथ' भित्र सहकार्य बढाउँदै इन्डो-प्यासिफिकको भविष्यलाई आकार दिन सक्ने अद्वितीय स्थानमा छन्।

salt training

कमेन्ट गर्नुहोस्