२९ असार २०८३, सोमबार

ब्रुनो गुइमारेसले पेनाल्टी मिस गर्दा ब्राजिल अग्रताबाट चुक्यो

असार २२, २०८३
काठमाडौं
ब्रुनो गुइमारेसले पेनाल्टी मिस गर्दा ब्राजिल अग्रताबाट चुक्यो

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) को खेलमा ब्राजिल र नर्वे भिडिरहेका छन्। न्यु योर्क न्यु जर्सी स्टेडियममा जारी खेलको सुरुवाती मिनेटमै ब्राजिलले अग्रता लिने सुवर्ण अवसर गुमाएको छ।

खेलको ११ औं मिनेटमा ब्राजिलका माथियस कुन्हालाई नर्वेका डिफेन्डर क्रिस्टोफर एजरले पेनाल्टी बक्सभित्र लडाएपछि भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिइएको थियो। 

तर, १३ औं मिनेटमा ब्रुनो गुइमारेसले प्रहार गरेको पेनाल्टीलाई नर्वेका गोलकिपर ओर्जन निल्याण्डले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई स्तब्ध पारे।
 

salt training

कमेन्ट गर्नुहोस्