२५ असार २०८३, बिहीबार

१२ हजार घुससहित वन कार्यालयका हाकिम पक्राउ

असार २४, २०८३
काठमाडौं
१२ हजार घुससहित वन कार्यालयका हाकिम पक्राउ

सिरहाको सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रमुख यादवले उद्योगका लागि ल्याइएको काठहरू सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने प्रक्रियामा सेवाग्राहीलाई दु:ख हैरानी दिँदै घुस माग गरेका थिए । सोही सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली परिचालन भएको थियो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । खानतलासी गर्दा उनको साथबाट घुसको १२ हजार रुपैयाँ, श्रोत नखुलेको थप १ लाख ३३ हजार १ सय २० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १ सय २० रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको छ ।

उनलाई असार २३ गते सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्