२७ असार २०८३, शनिबार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

असार २६, २०८३
काठमाडौं
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मध्याह्न उनको निधन भएको प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार बिहान साढे ११ बजे गणेशलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए ।

बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्