३१ असार २०८३, बुधबार

गणेश नेपाली आत्मदाह प्रकरण : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ३ जना पक्राउ

असार २६, २०८३
काठमाडौं
गणेश नेपाली आत्मदाह प्रकरण : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ३ जना पक्राउ

गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । 

साथै नेपालीको मृत्यु प्रकरणमा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मन्त्री गुरुङले जानकारी दिए । 'डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छौं,' उनले भने, 'तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएका छौं ।'

आत्मदाह प्रयासबाट घाइते भएका मुगुका नेपालीको शुक्रबार वीर अस्पतालमा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्