२९ असार २०८३, सोमबार

तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’

असार २९, २०८३
काठमाडौं
तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’

कृषि विकास निर्देशनालय सुर्खेतले तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । निर्देशनालयले आइतबार एक कार्यक्रम आयोजना गरी ती किसानलाई पुरस्कृत गरेको हो । 

कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको बताए । 

निर्देशक रोकायाका अनुसार भेरीगङ्गा नगरपालिका–११ सुर्खेतस्थित बायोग्रिन एग्रो प्रालिका सञ्चालक समीर खत्रीलाई रु ३० हजार नगद, लेकबेँसी नगरपालिका–३ सुर्खेतस्थित कृषि तथा पशुपन्छी फार्मका सञ्चालक अमित चलाउनेलाई रु २५ हजार र वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित कर्णाली ड्रागन कृषि तथा पशुपन्छी फार्मका सञ्चालक सुमन सुवेदीलाई २० हजार नगदसहित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । 

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि क्षेत्रलाई सम्मानजनक, आम्दानीमुखी र दिगो व्यवसायका रूपमा विकास गर्नतर्फ प्रदेश सरकारले जोड दिएको बताए । 

उनले भने, 'किसानलाई उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजन, यान्त्रिकीकरण, सिँचाइ सुविधा, प्रशोधन तथा बजारीकरणमा विशेष ध्यान दिएका छौँ ।'

कर्णाली अन्य प्रदेशका हिसाबले माटो कम बिरामी भएको प्रदेश हो भन्दै उनले यहाँ उत्पादन हुने अन्नबाली नेपाली बजारमा अत्यधिक माग भइरहेको जनाए । कृषिबिना मानव अस्तित्व सङ्कटमा पर्ने भएकाले किसानलाई प्रोत्साहन मिल्ने र उत्पादन बढाउने कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

salt training

कमेन्ट गर्नुहोस्