०७ साउन २०८३, बिहीबार

बुटवलमा हरियो खुर्सानीमा भेटियो खानै नमिल्ने विषादी

साउन ५, २०८३
बुटवल
बुटवलमा हरियो खुर्सानीमा भेटियो खानै नमिल्ने विषादी
फाइल तस्वीर

बुटवलमा आएको हरियो खुर्सानीमा फेरि खानै नमिल्ने विषादी भेटिएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशा इकाईमा सल्यानबाट आएको हरियो खुर्सानीमा खानै नमिल्ने विषादी भेटिएको हो । 

प्रयोगशालाका नायव प्राविधिक सहायक राजीव भण्डारीले कपुरकोट गाउँपालिका सल्यानको ओम निखिलम तरकारी पसलबाट आएको हरियो खुर्सानीमा कार्बामेट ८.०९३८ र अर्गानोफस्फेट ५९.५२१७ प्रतिशत भेटिएको जानकारी दिए । 

यस्ता विषादी ४५ प्रतिशतभन्दा बढी भेटिए विसर्जन गर्नुपर्ने हुने भण्डारीले बताए । 
बुटवलमा पटक-पटक हरियो तरकारीमा विषादी भेटिँदै आएको छ । यस्ता विषादी बुटवल उपमहानगरपालिकाको रोहबरमा नष्ट गरिने उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । 

मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने यस्ता विषादी प्रयोग गरेपछि किसानले पर्खिनुपर्ने समय (वेयटिङ पिरियड)अगावै बजारमा पठाउदा यस्तो भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्