०७ साउन २०८३, बिहीबार

डिल्लीबजार कारागारबाट फरार भएका सीबी लामा पक्राउ

साउन ५, २०८३
काठमाडौं
डिल्लीबजार कारागारबाट फरार भएका सीबी लामा पक्राउ

जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका कैदी चन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ निवासी सिबी लामा भनिने चन्द्रबहादुर तामाङलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बाट पक्राउ गरिएको हो।

तामाङ २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्