०७ साउन २०८३, बिहीबार

कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ : भीष्मराज आङदेम्बे

साउन ६, २०८३
चितवन
कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ : भीष्मराज आङदेम्बे
फाइल फोटो

​नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् ।

कांग्रेस चितवनले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, 'अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ ।' 

बीपी विचारलाई सम्मान गर्दै बीपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उनले कांग्रेस हुनुको पहिचान गुमेको जस्तो पाटोबाट उठाएर कांग्रेसले पुनर्जीवन दिन जरुरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्