१२ साउन २०८३, मंगलबार

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

साउन १२, २०८३
काठमाडौं
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जनाएका छन् ।

श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । 

श्रेष्ठ कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित समितिले उनलाई वरिष्ठ नेता मनोनीत गरेको थियो । 

श्रेष्ठ गएको एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको भारत र नेपालका विभिन्न अस्पतालमा उपचारसमेत गरिएको थियो ।

स्याङ्जाबाट पटक-पटक सांसद निर्वाचित भएका श्रेष्ठ भौतिक योजना, वन, उद्योग, शिक्षा मन्त्रालयको भएका थिए । 

कमेन्ट गर्नुहोस्