
काठमाडौं, २ माघ- आगामी वर्षको प्रतिक्षित सिनेमा लिलिबिलीले पहिलोपटक गीत लञ्च गरेको छ । स्कटल्याण्डको मनोहर हिमाली दृश्यमा प्रदीप खड्का र जसिता गुरुङ फिचर छन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा 'इज इट लभ' बोलको गीत र सिनेमाबारे जानकारी दिइयो । प्रेमगीत- २ स्टार प्रदीप र डेब्यु गर्ल गुरुङबीच गीतमा रसायन मिलेको देखिन्छ । एलिस कार्कीद्वारा संगीतबद्ध गीत स्कटल्याण्डको पठारमा खिचिएको छ ।
निर्देशक मिलन चाम्स, अभिनेता खड्का, अभिनेत्री प्रियंका कार्की, अभिनेता अनुपविक्रम शाही लगायत गेटटुगेदरमा सहभागी रहे । वैशाख १४ गतेलाई रिलिज मिति तय गरिए पनि गीत र पोस्टरमा चाँडै आउँदैछ भनेर उल्लेख गरिएको छ ।
चाम्ससहित सुदीप खड्का र गोविन्द शाही निर्माता हुन् ।
हेर्नुहोस् भिडियो :