१६ असार २०८३, मंगलबार

सोनमको बिहे पक्का, यी हुन् भाग्यमानी

माघ २०, २०७४
सोनमको बिहे पक्का, यी हुन् भाग्यमानी

बलिउड अभिनेत्री सोनम कपुरले विवाहको निर्णय गरेकी छिन् । आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेको सार्वजनिक भएको छ । ती पुरुष हुन् प्रेमी आनन्द आहुजा ।

बलिउडमा फेसनेबल अभिनेत्रीका रूपमा चर्चित सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै उनी फेसन डिजाइनर थिइन् । सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा थिए । आनन्द भने उद्यमी हुन् ।

त्यसो त यो जोडीलाई सोनमका पिता अनिल कपुरले खासै राम्रो मानेका थिएनन् । तर, छोरीले प्रेमी नछाड्ने अड्डी कसेपछि अन्ततः उनी गलेका छन् ।

छोरीको प्रेमलाई वैवाहिक बन्धनसम्म पुर्‍याउन बाबु तयार भएपछि नै सोनम विवाहका लागि कस्सिएकी हुन् । आमा र भाइले पनि सोनमको निर्णयलाई समर्थन दिएको नयाँ पत्रिकाले खबर छापेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्