१४ असार २०८३, आइतबार

भाषा अनुवादसम्बन्धी विचार गोष्ठी : अनुवाद गर्दा  मूल भावलाई छुटाउनु नहुनेमा जोड

माघ २४, २०७४
भाषा अनुवादसम्बन्धी विचार गोष्ठी : अनुवाद गर्दा  मूल भावलाई छुटाउनु नहुनेमा जोड


काठमाडौँ, २४ माघ - स्वदेशी तथा विदेशी भाषानुवादकले एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्दा मूल भावलाई छुटाउनु नहुने विचार व्यक्त गरेका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको भाषा अनुवादसम्बन्धी विचार गोष्ठीमा उनीहरुले शब्दबाट धेरै भावव्यक्त हुने हुँदा साहित्यमा अनुवादक कविको भावभूमिभित्र पस्नु पर्ने धारणा राखे  । 

कार्यक्रमको उदघाट्न गर्दै वाङ्मयशताब्दी पुरुष सत्यमोहन जोशीले शब्दानुवादभन्दा भावानुवाद शैली कलाको विकास गर्दा पाठकको आकर्षण बढ्ने बताए  । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एउटा समूहको भावना अर्को समूहमा अनुवाद गर्नु निकै कठिन काम भएको बताए  । नेपाल भाषा परिषद्का अध्यक्ष सुवर्ण शाक्यले प्रज्ञाप्रतिष्ठानले मातृभाषाबाट पनि अनुवाद गर्नुपर्ने धारणा राखे । 

कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाका अनुवादक विल्ला स्चेनवुर्गले भाषानुवाद दुरुस्त हुन नसक्ने बताए  । अर्को कार्यपत्र प्रस्तोता महेश पौडेलले नेपाली भाषा तथा मातृभाषाबाट पनि अङ्ग्रेजी भाषामा अनुवाद हुनुपर्ने बताए  । प्रतिष्ठानका अनुवाद विभाग प्रमुख उषा ठाकुरले विभागले विभिन्न भाषाका २१ पुस्तक अनुवाद गरेको जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्