१७ असार २०८३, बुधबार

अर्थमन्त्रीको एउटा निर्देशनले भन्सारबाट हालसम्मकै ठूलो परिमाणमा राजस्व संकलन

फागुन १८, २०७४
अर्थमन्त्रीको एउटा निर्देशनले भन्सारबाट हालसम्मकै ठूलो परिमाणमा राजस्व संकलन

काठमाडौं, १८ फागुन-अर्थमन्त्रीकारूपमा डा. युवराज खतिवडा नियुक्त भएपछि बुधवार देशभरका भन्सार विन्दुबाट अहिलेसम्मकै ठूलो परिमाणमा राजस्व संकलन भएको छ ।

मन्त्री खतिवडाले भन्सारविन्दुमा मालवस्तुको घोषणा गर्दा न्यून मूल्य देखाएर हुने गरेको कर छली नियन्त्रण गर्न सन्दर्भ मूल्यसूचीकै आधारमा मूल्यांकन गर्न निर्देशन दिएपछि अहिलेसम्मकै ठूलो परिणाममा राजस्व संकलन भएको हो ।

बुधबार एकैदिन देशभरका भन्सार विन्दुबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । भन्सार विन्दुहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले राजस्व चुहावट रोक्ने गरी कार्य अगाडि बढाएका छन् । सोमबारबाट अर्थमन्त्रीकारूपमा नियुक्त भएका डा. खतिवडाले राजस्व सचिव र भन्सार विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई राजस्व चुहाट रोक्दै वित्तीय अनुशासन कायम गर्न सर्कुलर जारी गरे ।

भन्सार मूल्यसूची (रिफरेन्स भ्यालु)भन्दा कम हुने गरी भन्सार मूल्य निर्धारण नगर्न, सचिव तथा कर्मचारी मार्फत गत मंगलबाररदेखि नै लागु हुने गरी निर्देशन गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये भन्सार विभागलाई ३ खर्ब २६ अर्ब अर्थात करिब ४५ प्रतिशत असुलीको लक्ष्य दिइएको छ ।

यद्यपि माघ मसान्तमा भन्सार विन्दुहरुबाट लक्ष्यको तुलनामा ९५ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्