०२ असार २०८३, मंगलबार

लोकान्तर स्टुडियोमा कुमारप्रसाद दाहाल: सरकारले गरेको बजार अनुगमन कर्मकाण्डी मात्रै

फागुन २२, २०७४
लोकान्तर स्टुडियोमा कुमारप्रसाद दाहाल: सरकारले गरेको बजार अनुगमन कर्मकाण्डी मात्रै

काठमाडौं, २२ फागुन– बजार अनुगमन तथा व्यवस्थापनको प्रमुख जिम्मेवार निकाय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सरकारले बजार अनुगमन गर्नु कर्मकाण्डी मात्रै भएको स्वीकार गरेको छ । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आफूले अनुगमन गरिरहे पनि दोषीलाई कारबाही गर्ने स्पष्ट आधार नभएकाले करबाही गर्नै नसकिएको बताए । 


लोकान्तर डट्कमको लोकान्तर बिजनेस शोमा कुराकानी गर्दै दाहालले सरकारले स्पष्ट कानून नबनाई संरचनाहरु मात्रै बनाउनुको कुनै अर्थ नभएको बताए । उनले भने, ‘हामीले अनुगमन गरिरहेका छौं, कारबाहीका लागि सिफारिस पनि गरिरहेका छौं । तर, कारबाहीका लागि स्पष्ट नीति छैन, यसमा नीति निर्माताहरुको ध्यान जानुपर्छ ।’

दाहालले कारबाहीका क्रममा शक्तिको प्रभावमा पार्ने प्रयास पनि पटक पटक हुने गरेको बताए । लोकान्तरसँगको कुराकानीमा उनले कर्मचारीतन्त्र र राजनीतिक बिकृतिका कारण देशमा सुशासन कायम हुन नसकेको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्