२४ असार २०८३, बुधबार

घोडाघोडी नगरपालिकाका मेयर चौधरी माथि आक्रमण : टाउकोमा खुकुरी, खुट्टामा गोली

फागुन २८, २०७४
घोडाघोडी नगरपालिकाका मेयर चौधरी माथि आक्रमण : टाउकोमा खुकुरी, खुट्टामा गोली

धनगढी, २८ फागुन- कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथि खुकुरी र गोली प्रहार भएको छ ।

घोडाघोडी नगरपालिका–१ सुखडस्थित आफ्नै घरमा रहेको बेला साढे ८ बजेतिर अज्ञात समूहबाट टाउकोमा खुकुरी प्रहार भएको र खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली र खुकुरी प्रहरीबाट घाइते चौधरीलाई स्थानीय घोडीघोडी अस्पतालबाट अन्यत्र रेफरको तयारी भैरहेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

उनी माथि बोक्सी आरोपमा कुटपिट काण्डमा मिलापत्र गराइएको आरोप लाग्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्