०१ असार २०८३, सोमबार

शिक्षण अस्पतालबाहिर विमान दुर्घटनामा परेका मृतकका आफन्तको रुवाबासी

फागुन २९, २०७४
शिक्षण अस्पतालबाहिर विमान दुर्घटनामा परेका मृतकका आफन्तको रुवाबासी

काठमाडौं २९ फागुन – सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंङ्ला एयरको विमान दुर्घटनामा परि मृत्यु भएका यात्रुको शवको पोष्ट मार्टमको प्रक्रिया शुरु हुँदैछ । 

पोष्ट मार्टम पछि पहिचान भएका शव आफन्तलाई बुझाउने प्रहरीको तयारी छ । शव बुझ्नको लागि बिहानै देखि मृतकका आफन्त त्रिवी शिक्षण अस्पताल बाहिर भेला भएका छन् । उनीहरुले शव छिटो हस्तान्त्ररण गर्न माग गरेका छन् ।

मृतकका परिवारको रुवाबासी चलेको छ । दुर्घटनामा मृत्यु भएका ४९ जनाकै पोष्ट मार्टम हुँदैछ । अधिकाशं शव डढेका कारण पहिचान गर्न समस्या भएको शिक्षण अस्पतालका एक कर्मचारीले बताए ।

शव पहिचान गर्न नसकिए डिएनए परीक्षण गरिने प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्