×

NMB BANK
NIC ASIA

काठमाडौं, १६ चैत- महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्लाभरिका सम्पूर्ण घरधनी र कोठा भाडामा लिएर बस्ने डेरावालसम्मको निगरानी शुरु गरेको छ ।

Muktinath Bank

पछिल्लो समय काठमाडौंमा लिभिङ टूगेदरमा बस्ने, कोठा भडामा लिएर विभिन्न अपराधिक गतिविधि गर्ने लगायत समस्या बढ्न थालेपछि प्रहरीले काठमाडौंका घरधनी र डेरावालको निगरानी शुरु गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंका घरधनी र डेरावालको तथ्याङ्क संकलन गर्न करीब २ हजार प्रहरी परिचालन गरिएका छन् । महानरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका सबै प्रहरी वृत्त, प्रभाग र पोस्टले आफ्नो क्षेत्रका सबै घरधनी, डेरावालको विवरण संकलन गर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले अपराध नियन्त्रण तथा अपराध भइसकेपछि संलग्नहरूले तुरुन्तै पक्राउ गर्न सकियोस् भन्ने उद्देश्यले विवरण संकलन थालिएको बताए । 

Vianet communication

‘काठमाडौंमा ४५–५० लाखको संख्यामा मानिसको बसोबास छ । हामी ३ हजार ३ सयको संख्यामा मात्रै प्रहरी छौं,’ पोखरेलले भने, ‘जनशक्ति कम भए पनि प्रभावकारीरूपमा काम गर्न हामीले वैज्ञानिक ढंगले सूचना संकलन अभियान थालेका छौं । हामीले काठमाडौंमा बसोबास गर्ने सबै मानिसको सम्पूर्ण विवरण संकलन गर्छौं ।’

प्रहरीले काठमाडौंका घरधनी तथा डेरावालको काम, काम गर्ने कार्यालय, कामको प्रकृति, सामाजिक क्षेत्रमा संलग्नता, राजनीतिक संलग्नता आदि सबै विषयमा विवरण संकलन गर्न लागेको हो । जाति क्षेत्र, धर्म र उमेर समूहका व्यक्तिको विवरण पनि संकलन गर्न लागिएको प्रहरीले जनाएको छ । 

प्रहरीले घरधनीको नागरिकता नम्बरदेखि मोबाइल नम्बरसम्मको विवरण संकलन गर्ने छ । घरधनीले प्रयोग गर्ने सवारी, सवारीको किसिम आदि विषयको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ । 

भाडामा बस्नेहरूको हकमा नाम, मोबाइल नम्बर, काठमाडौंमा बसेको अवधि, काठमाडौं उपत्यकामा डेरा लिएको तथा सरेको विवरण, हाल डेरा गरेर बस्नुभन्दा पहिले डेरामा बसेको स्थान, पहिलेको घरधनीको नाम समेतको विवरण प्रहरीले संकलन गर्ने छ । 

यस्तै व्यवसायिक प्रयोजनका लागि घर भाडामा दिने घरधनीको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ । प्रहरीले आवास तथा व्यवसायिक प्रयोजनका लागि घरभाडामा दिने घरधनी तथा घर भाडामा लिएर बस्ने भाडावालको विवरण संकलन गर्न छुट्टा–छट्टै फारम नै बनाएको छ । 

यस्तो छ फारमको नमूना


डेरावालले कोठा छाडे प्रहरीमा खबर गर्नुपर्ने

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंका सबै स्थानीय तह (काठमाडौं महानगरपालिकासहित)सँग समन्वय गरेर काठमाडौंमा बस्ने व्यक्तिको विवरण संकलन गर्न लागेको छ । प्रहरीले विवरण संकलन गरिसकेपछि  डेरा छाड्ने तथा डेरामा बस्न आउने नयाँ व्यक्तिको विवरण घरधनीले उल्लेख गर्नुपर्ने प्रहरीले जनाएको छ । 

‘यदि कुनै घरबाट कोठामा बसेकाले डेरा छाडे र नयाँ व्यक्ति डेरामा बस्न आए घरधनीले त्यसको जानकारी हामीलाई गराउनुपर्ने छ,’ एसएसपी पोखरेलले लोकान्तरसँग भने, ‘काठमाडौंमा हुने अपराधिक घटना नियन्त्रणका लागि यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

एसएसपी पोखरेलका अनुसार काठमाडौंका घरधनीले अब आफ्नो घरमा बस्ने डेरावालको सम्पूर्ण विवरण आफूसँग पनि सुरक्षित राख्नुपर्ने छ । ‘कुनै घरमा डेरा गरेर बस्ने व्यक्तिले अपराध गरेमा पहिलो सोधपुछ धरधनीसँग नै हुन्छ,’ एसएसपी पोखरेल भन्छन्, ‘त्यसकारण घरधनीहरूले पनि आफ्नो घरमा डेरा गरेर बस्ने व्यक्ति को हुन्, के काम गर्छन् जान्नुपर्ने हुन्छ ।’

यसका लागि घरधनीले पनि डेरामा बस्ने व्यक्तिको नागरिकतादेखि अन्य सरकारी कागजातको प्रतिलिपि आफूसँग राख्नुपर्ने एसएसपी पोखरेलको भनाइ छ । 
    
लिभिङ टूगेदरमा बस्नेको छुट्टै तथ्याङ्क

पछिल्लो समय लिभिङ टूगेदरमा बस्ने संस्कृति ठूलो शहरी समस्या बन्दै गएको भन्दै प्रहरीले लिभिङ टूगेदरमा बस्नेको पनि विवरण संकलन गर्न थालेको छ । पहिले केटा र केटी राजी खुसीले सँगै बस्ने, तर पछि सम्बन्धमा समस्या आउँदा केटीले केटाविरुद्ध जबरजस्ती करणीसम्मको उजुरी दिने प्रचलन बढ्दै गएको प्रहरी तथ्याङ्कले बताउँछ । 

‘लिभिङ टूगेदरमा बस्ने संस्कृति अहिले ठूलो समस्याका रुपमा देखिएको छ,’ एसएसपी पोखरेल भन्छन्, ‘लिभिङ टूगेदरमा बस्नेहरू पहिले राजी खुसी सँगै बस्छन् । पछि समस्या आएपछि केटा–केटीले एक–अर्काविरुद्ध उजुरी गर्नेदेखि अनेक आरोप लगाउन गर्छन् । यो एक सामाजिक समस्या बन्दै गएको छ ।’

प्रहरीले लिभिङ टूगेदरको संस्कृतिलाई निरुत्साहित गर्न विवरण संकलन गर्न लागेको जनाएको छ । तर यसका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी रहेको प्रहरीको भनाइ छ ।

‘अहिलेका लागि लिभिङ टूगेदरमा बस्नेहरूको संख्या कति छ भनेर जान्नका लागि विवरण संकलन गर्न थालिएको हो,’ एसएसपी पोखरेल भन्छन्, ‘विवरण संकलन पछि यसबाट सिर्जित समस्याहरूबारे थप अध्ययन गरिने छ । लिभिङ टूगेदरलाई व्यवस्थित गर्ने सम्बन्धमा नीति निर्माण गर्न पनि यो तथ्याङ्क काम लाग्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x