×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगार विभागको नयाँ योजना–दूतावासमै ‘रि इन्ट्री’को व्यवस्था

बैशाख २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ चैत– वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई नीतिगत तहबाटै हल गर्न वैदेशिक रोजगार विभागले श्रम मन्त्रालयमा नयाँ कार्ययोजना पेश गरेको छ । 

Muktinath Bank

उक्त कार्ययोजनालाई मन्त्रालयले स्वीकृत गरेर त्यहि अनुसार लागू भए वैदेशिक रोजगारमा देखिएका समस्याहरु मध्ये आधा भन्दा बढी समस्याको समाधान हुने वैदेशिक रोजगार विभागका निर्देशक शशीकुमार लम्सालले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्ययोजनामा वैदेशिक रोजगारका अनाधिकृत र कामविहीन शाखाहरु बन्द गराउन प्रस्ताव गरिएको निर्देशक लम्सालले बताए । उनका अनुसार सूचना प्रविधिमार्फत विदेशमा रहेका नेपाली कुटनैतिक निकायहरु र नेपालको गृहमन्त्रालय बीच आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशहरुमा वैदेशिक रोजगार विभागको शाखा बिस्तार गर्ने तयारी  गरिएको छ । कार्ययोजना अनुसार प्रदेश नम्बर छ र सातको लागि एउटा शाखा खोल्ने, प्रदेश नम्बर तीनको लागि केन्द्रीय विभाग नै रहेने र बाँकी चार प्रदेशमा एक–एक वटा शाखा खोलेर सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउने कार्ययोजनामा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

कार्ययोजनामा वैदेशिक रोजगारीमा गएर छुट्टीमा आउनेहरुले नेपाल आउनु भन्दा पहिला सम्बन्धित देशमा रहेको नेपाली दूतावासमै ‘रिइन्ट्री’ गर्न सक्ने प्रावधान राखिएको छ । 

श्रम कार्यालय ताहाचलमा ‘डिस्प्ले मोनिटर’ सहितको टोकन प्रणाली लागू गराउने, श्रम कार्यालयले हालसम्मको तथ्यांक अद्यावधिक गरेर सफ्टवेयर प्रणाली मार्फत अध्यागमन विभागसँग आवद्ध गर्ने र वैदेशिक रोजगारमा जाने र फर्कनेहरूको पूर्ण विवरण राख्नको लागि नयाँ कम्प्युटरीकृत व्यवस्था ल्याउने विषय प्रस्तावित कार्ययोजनामा समेटिएको छ । 

त्यस्तै, वास्तविक म्यानपावर एजेन्टहरुको विवरण संकलन गर्ने र कोही अनाधिकृत एजेन्ट भेटिए कारवाही गर्ने योजना रोजगार विभागको छ । दर्ता भएका म्यानपावर कम्पनिलाई कडाइका साथ् अनुगमन गर्ने र नियम मिचेर काम गर्नेलाई सहजै कारवाही हुने प्रावधान प्रस्तावित कार्ययोजनामा उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x