१० साउन २०८३, आइतबार
लोकान्तर स्टूडियोमा विष्णु रिजाल

प्रचण्डलाई नेता मान्न तयार छौं, जेठ १५ अगावै एकता हुन्छ : विष्णु रिजाल [भिडियो अन्तर्वार्ता]

बैशाख ५, २०७५

काठमाडौं, ५ वैशाख–नेकपा एमाले प्रचार विभागका सचिव विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेता मान्न आफूहरु तयार रहेको बताएका छन् । यही संसदको कार्यकालमा प्रचण्ड प्रधामनन्त्री बन्ने कुरा पनि अस्वभाविक नभएको उनको भनाइ छ ।

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा बुधवार कुरा गर्दै रिजालले पार्टी एकताका अधिकांश विषयमा सहमति जुटिसकेको बताए । तर महाधिवेशनपछि को अध्यक्ष बन्ने भन्ने कुरा अहिले ग्यारेन्टी गर्न नसकिने उनको भनाइ छ ।

रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमणपछि उसले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउने दाबी गरे ।

माओवादीसँगको पार्टी एकता, सरकारको दुई महिने कार्यकाल र नेपालमा भारतीय रेलको सम्भावना लगायतका विषय हामीले रिजालसँग कुराकानी गरेका छौँ ।

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

salt training

कमेन्ट गर्नुहोस्