×

NMB BANK
NIC ASIA

३३ किलो सुन प्रकरण : मोरङ पुगेका डिएसपी प्रजित केसी प्रहरीको हिरासतमा

बैशाख १६, २०७५

NTC
Premier Steels

काठमाडौं, १६ वैशाख– नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) प्रजित केसीविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भएको छ । 

Muktinath Bank

गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएर हराएको भनिएको तस्करीको ३३ किलो सुन त्योसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकणमा डिएसपी केसीको संलग्नता देखिएपछि  मोरङ प्रहरीले उनीविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालतले उनीमाथि छानवीनका लागि ३ दिन हिरासतमा राख्न आइतवार म्याद थप गरेको छ ।   


Advertisment
Nabil box
Kumari

सनम शाक्य हत्या प्रकरणमा अनावश्यक चलखेल गरेको भन्दै गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको थियो । गृहको समितिले बयान लिइरहेकै बेला केसी शनिवार एकाएक जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए । 

Vianet communication

मोरङ पुगेका केसीलाई नियन्त्रणमा लिएर आज अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । 

सुन तस्करीमा भरिएका रुपमा संलग्न रहेको भनिएका सनम शाक्यको हत्या भएका दिन डिएसपी केसी मोरङ आएको तथ्य गृह मन्त्रालयको छानवीन समितिले पत्ता लगाएको छ । 

शाक्यकको हत्या हुँदा केसी महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए । सनम शाक्यको हत्या र ३३ किलो सुन तस्करीमा केसीसँगै अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल पनि तानिएका थिए । 

सोही प्रकरणमा मुछिएका कारण तीनै जनालाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो । सई सञ्जेल यसअघि नै प्रहरी हिरासतमा छन् भने डिएसपी केसी पनि आइतवार हिरासतमा पुगेका छन् । 

आइतवार डिएसपी केसीविरुद्ध म्याद थप भएपछि ३३ किलो सुन तस्करी र त्यससँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा हुनेको संख्या २८ पुगेको छ । जसमध्ये ४ जना वहालवाला र १ जना पूर्व प्रहरी अधिकारी पनि छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x