×

NMB BANK
NIC ASIA

विराटनगर, १८ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बेपात्ता भएको भनिएको ३३ किलो सुन र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डको छानवीनका लागि अहिले २८ जना मोरङ प्रहरीको हिरासतमा छन् । 

Muktinath Bank

प्रहरीले हिरासतमा रहेका सबैसँग बयान लिएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङलाई बुझाइसकेको छ । सरकारी वकिल कार्यालयका अधिकारी अहिले २८ जनाविरुद्ध मुद्दा दर्ता गर्न अभियोग पत्र तयार गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१३ जना एयरलाइन्सका कर्मचारी 


Advertisment
Nabil box
Kumari

सुन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले बिभिन्न एयरलाइन्सका १३ जना कर्मचारीलाई हिरासतमा राखेको छ । यसरी प्रहरी हिरासतमा रहेका १३ जनाविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । 

Vianet communication

प्रहरी हिरासतमा रहेका एयरलाइन्सका कर्मचारीमा एलबी मगर, हेमन्त गौतम, बिरेन्द्रमान श्रेष्ठ, समिर प्रसाद तोलाङ्गी, बालकृष्ण श्रेष्ठ, दोरन खत्री, कपिलराम पुरी, गोपाल श्रेष्ठ, पुण्य प्रसाद लामा, राजन थापा, राजु महर्जन, अमरमान डंगोल र तुलाराम थारु रहेका छन् । 

प्रहरी अधिकारीविरुद्ध संगठित अपराधको मुद्दा
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अहिले ६ जना प्रहरी कर्मचारी हिरासतमा छन् । पूर्व डिआईजीदेखि बहालवाला एसपी, डिएसपी, सई र प्रहरी जवान समेत प्रहरी हिरासतमा छन्  । उनीहरुविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ । सुन तस्करीमा संलग्न तथा हत्याको आरोपमा अनुसन्धानमा तानिएका प्रहरीहरुमा पूर्व डिआईजी गोबिन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी,  सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्का रहेका छन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई सुन तस्करी सहयोगी तथा संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी छ । 

एउटै व्यक्तिलाई ४ वटासम्म मुद्दा लाग्ने

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका प्रहरी अधिकृतहरुलाई दुईवटा मुद्दा लगाउने तयारी भईरहँदा घटनासँग प्रत्यक्ष जोडिएका ब्यक्तिका हकमा भने सुन तस्करी, संगठित अपराध, कर्तब्य ज्यान र अपहरण मुद्दा लगाउने तयारी भईरहेको छ ।  

घटनामा सिधै जोडिएका मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, टेकराज मल्ल ठकुरीलाई चारवटा मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनाका योजनाकार तथा सुन तस्करका नाइके चूडामणि उप्रेती (गोरे)विरुद्ध पनि चारवटा मुद्दा दर्ता गरिने तयारी छन् । गोरे भने अहिलेसम्म पनि फरार छन् भने अन्य ४ जना हिरासतमा छन् । 

गत फागुन १८ गते सनम शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अबस्थामा काफ्ले, मल्लठकुरी र कार्कीलाई प्रहरीले घटना स्थलबाट शव सहित पक्राउ गरेको थियो । हत्या गरिएका सनम शाक्यको सव  स्करपीयोभित्र फेला परेको थियो । 

मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या पछि चर्चामा आएको ३३ किलो सुन प्रकरणमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानवीन समिति गठन गरेको थियो । छानवीन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको बताइन्छ । तर फरार रहेका अन्य ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x