×

NMB BANK
NIC ASIA

प्रहरी नै चाहन्छ ‘बलात्कार होस्’, बलात्कार गर्न खोज्नेविरुद्ध मुद्दा दर्ता हुँदैन !

बैशाख २५, २०७५

NTC
Premier Steels

काठमाडौं, २५ वैशाख– गत फागुन १९ गते छिमेरीको घरमा छोरीको विवाह थियो । दक्षिणकाली नगरपालिका छैमलेकी ५२ वर्षीया सकुन्तला (नाम परिवर्तन) छिमेकीको छोरीको विवाहमा सघाउन गइन् । विवाहमा छिमेकीलाई सघाउन गएकी सकुन्तला घर फर्किँदा रातको १२ बजिसकेको थियो । बिहे घरबाट १५ मिनेट टाढा थियो सकुन्तलाको घर । 

Muktinath Bank

छिमेकी अन्य तीनजना महिला र सकुन्तलाकै भदा पर्ने साजन घलानसँग उनी घर फर्किइन् । अन्य तीनजना महिलाहरुको घर सकुन्तलाको घर भन्दा अगाडी नै थियो । ती महिलाहरु आफ्नो घर लागेपछि सकुन्तलालाई फुपु भन्ने ती साजन र सकुन्तला मात्रै घरतर्फ अगाडि बढे । सकुन्तला एक्लै देखेपछि साजनले उनलाई जवरजस्र्ती गर्ने प्रयास गरे । सकुन्तला निकै डराइन् । आफ्नै फुपुलाई हातपात गर्न खोज्ने भन्दै सकुन्तलाले ती युवकलाई गाली गर्दै त्यहाँबाट भागिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भागेर घर पुगेकी सकुन्तला ढोका बन्द गरेर सुतिन् । सुकन्तला निदाएको बेला ती युवक पुनः ढोका फोरेर उनको घरभित्र पसे । घरभित्र पसेर उनले सकुन्तलामाथि जबरजस्ती करणी गर्न खोजे । 


Advertisment
Nabil box
Kumari

‘राति निदाइरहेको समयमा ढोका फोडेर सकुन्तलाको सुरुवाल तान्न आइपुगे ।  अत्तालिँदै बत्ती बाल्दा भदा पर्ने त्यहि साजन रहेछ,’ उक्त घटनाबारे सकुन्तलाकी भदै रिता तामाङले सुनाइन्, ‘उहाँले मलाई जबरजस्ती गर्न आयो, गुहार गुहार भनेर चिच्याउनु भएछ । गुहार माग्न थालेपछि त्यो भाग्यो ।’

Vianet communication

गाउँमा हल्लाखल्ला भएपछि युवक भागेको उनले सुनाइन् । घरमा आइपुगेको एक घण्टापछि  करिव एक बजे राति साजन घले सकुन्तलाको घरको ढोका फाडेर उनीमाथि बलात्कार गर्न पुगेका रहेछन् । 

दोस्रो दिन गाउँमा रहेको महिला समूहको बैठकमा सकुन्तलालाई जबरजस्ती करणी गर्न खोज्नेमाथि कारबाही हुनुपर्छ भन्दै महिलाहरुले आवज उठाए  ।

फर्पिङ इलाका प्रहरी कार्यलयमा उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको तामाङले सुनाइन् ।  तीनदिन पछि प्रहरी आएपनि घटनाको अनुसन्धान नै नगरी फर्किएको उनले सुनाइन् । 

‘तीनदिन पछि फर्पिङ इलाका प्रहरी कार्यलयका सई साब र हवल्दार आउनुभयो । जवरजस्ती करणीको प्रयास गर्ने व्यक्ति घरमा छैन भनेर प्रहरी त्यत्तिकै फर्कियो,’ तामाङले भनिन्, ‘५२ वर्षकी एकल महिलामाथि जवरजस्ती करणीको प्रयास गर्न लाग्दा समेत प्रहरीका सईले फोनमा ठूलो केश होइन रैछ । गाउँमै मिल्छ भने ।’

इलाका प्रहरी कार्यलयले मुद्धा दार्ता नगराए पछि रिता पीडकलाई सजायको माग गर्दै आफ्नी फुपु सकुन्तलालाई लिएर महानगरीय प्रहरी वृत्त कालिमाटी पुगिन् ।  

कालिमाटी प्रहरीले वडाको सिफरिस चाहिन्छ भनेर पठाइदियो । तामाङले आफ्नी फुपुलाई न्यायको लागि वडा कार्यलयमा सिफारिस दिन अनुरोध गर्दै सकुन्तलाको नाममा निवेदन दिइन् । 

वडा कार्यलयमा निवेदन परेपछि दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राज कुमार लामाले महिला सेल कालीमाटीलाई नगरपालिकाको लेटर प्याडमा  साजन घलेलाई पक्राउ गरी कारबाही गरिदिन अनुरोध गर्दै सिफारिस बनाइदियो । 

वडा कार्यलयको सिफारिस लिएर तामाङ सकुन्तलालाई लिएर फेरि कालिमाटी प्रहरी वृत्त पुगिन् । वडा कार्यलयको सिफारिस पनि देखाइन् र मुद्धा दर्ता गरिदिन अनुरोध गरिन् । तर कालिमाटीमा प्रहरीले मुद्धा दर्ता गर्ने महिला प्रहरी नभएको भन्दै फेरि मुद्धा दर्ता गर्न मानेनन् ।

‘महिला सेल कालीमाटी जाँदा त्यहाँको प्रहरीले हामीलाई कस्तो घटना हो भनेर सोध्यो, हामीले घटनाको बेलिबिस्तार लगायौं । वडा कार्यलयको सिफारिस लिएर जाँदा समेत प्रहरीले हामीलाई अहिले महिला सेलको म्याडम बिदामा हुनुहुन्छ किर्तीपुर जानुस् भनेर फिर्ता पठाइदियो,’ तामाङले न्याय खोज्दै प्रहरी कार्यलय धाउँदाको क्षण सम्झिँदै भनिन्, ‘किर्तीपुरमा गएर घटनाबारे सबै बतायौं । हामीलाई त्यहाँको प्रहरीले जवरजस्ती गर्न खोजेको रैछ । बलात्कार त हौइन रैछ भन्यो ।’

किर्तीपुर प्रहरीले सर बाहिर जानुभएको छ भन्दै ४ घण्टा कुराएको रिताले बताइन् । ४ घण्टासम्म महानगरीय प्रहरी वृत्त किर्तीपुरमा कुर्दा पनि अन्तिममा किर्तीपुर प्रहरीले आफ्नोमा मुद्दा दर्ता नहुने भन्दै फर्पिङ जान भनेको उनले सुनाइन् । 

कालीमाटी र किर्तीपुर प्रहरी फर्काएपछि उनीहरु इलाका प्रहरी कार्यालय फर्पिङमा पुगे । तर इप्रका फर्पिङले उनीहरुलाई पुनः किर्तीपुर नै जानु भनेर पठाइदियो । 

‘कालिमाटीमा महिला प्रहरी विदामा छ भनियो । किर्तीपुरले फर्पिङमा भएको घटनाको मुद्दा यहाँ दर्ता हुँदैन भन्यो । इप्रपाका फर्पिङले किर्तीपुर नै जानु भनेर पठाइदियो,’ सकुन्तलाले लोकान्तरसँग निराशा पोख्दै भनिन्,  ‘जवरजस्ती करणी गर्न खोज्नेलाई कारबाहीको माग गर्दा प्रहरीले यता र उता मात्रै पठायो । प्रहरी कार्यलयहरुमा धेरै पटक धाइसके । अहिलेसम्म पनि दोषिलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । मुद्धा दर्ता नै गरिदिएन ।’

प्रहरीले मुद्धा दर्ता नगरे पनि सकुन्तलाले हिम्मत भने हारेकी छैनन् । सकुन्तलालाई २४ वर्षीया भदै रिताको पनि दह्रो साथ छ । दुवै फुपु–भदै बालत्कार गर्न खोज्ने साजनलाई कारबाही हुनुपर्ने माग राख्दै विगत ३ महिनादेखि प्रहरीमा धाइरहेका छन् ।    

‘५२ वर्षीय एकल महिलामाथि त त्यसले बलात्कार गर्न खोज्छ भने अरु चेलीबेटीलाई के गर्ला ?’ रिताले प्रश्न गर्दै भनिन्, ‘तर प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता नै गर्न मान्दैन । सायद प्रहरीले पनि बलात्कार होस् भन्ने चाहन्छ ।’

सकुन्तलाका दुई छोरा, बुहारी र नातीनातिनाहरु छुट्टिएर बसेका छन् । उनी श्रीमान्को मृत्यु भएदेखि नै एक्लै बस्दै आएकी छन् । राम्रोसँग नेपाली भाषा समेत बोल्न नसक्ने सकुन्तला आफुमाथि बलात्कारको प्रयास गर्नेलाई कारबाही होस् भन्ने चाहन्छिन् । 

पीडक अझै फरार 

सकुन्तलामाथि बलात्कार प्रयास गरेका २७ वर्षीया साजन घलान् गत फागुन १९ गते देखि नै फरार छन् । रिताका अनुसार विभिन्न अभियोगमा साजन इलाका प्रहरी कार्यलयमा धेरै पटक थुनामा समेत परेका थिए । साजनका आफन्तहरु छोराले गल्ती गरेको स्वीकार्न तयार नभएको रिताले बताइन् ।

‘घटना भएको दिनदेखि साजन गाउँमा देखिएको छैन । उसको घरपरिवारले साजनले केही गरेको छैन भन्छ । तर उसलाई लुकाइराखेको छ । मेरो छोरालाई खोजेर कारबाही गरेर देखा भनेर उल्टै धम्की दिन्छन्,’ रिताले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x