×

NIC ASIA

लोकान्तर समाचार प्रभाव– प्रधानमन्त्री कार्यालयले वेवारिस शव व्यवस्थापन गर्न वीरलाई दियो निर्देशन

बैशाख २७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २७ बैशाख– प्रधानमन्त्री कार्यालयको निर्देशनपछि वीर अस्पतालले बिरामी र कुरुवाहरु आवतजावत गर्ने बाटोमा राखेको वेवारिशे शव व्यवस्थापन गरेको छ ।

Muktinath Bank

अस्पतालको भुइँतलामा रहेको आकस्मिक कक्षको दायाँतर्फ इमर्जेन्सी एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने बाटोमै शव राखिएको भेटिएपछि लोकान्तरले आज बिहान ‘वीर अस्पतालको चरम लापरवाही : ढोकैमा बेवारिसे शव, झस्किँदै हिँड्छन् बिरामी’भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरमा समाचार आएपछि वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतलाई टेलिफोन मार्फत तत्काल शव व्यवस्थापन गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री कार्यलयले लोकान्तरमा फोन गरेर वीर अस्पताललाई शव व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिएको हो । 

Vianet communication

‘लोकान्तरमा समाचार प्रकाशन भएपछि हामीले तत्काल वीर अस्पतालका निर्देशकलाई फोन गरेर यसबारे जानकारी लियौं र शव व्यवस्थापन गर्न अनुरोध गरेका थियौं ।’ प्रधानमन्त्री कार्यलयका अधिकारीले लोकान्तरलाई भने,‘वेवारिसे शवलाई त्यहाँबाट टिचिङ अस्पतालमा व्यवस्थापन गरीएको छ ।’

बुधबार दिउँसो दुईजना व्यक्तिले काठमाडौंमा बस्दै आएका विराटनगरका राजकुमार महर्जनलाई वीर अस्पतालको आकस्मिक कक्षमा ल्याएर छाडिदिएका थिए । अस्पतालमा वेबारिसे बनेका उनको कलेजोमा देखिएको समस्याका कारण बुधबार साँझ नै मृत्यु भएको थियो ।

अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. भोलाराम श्रेष्ठले सो शव बेवारिसे रहेको र अन्यत्र राख्ने ठाउँ नहुँदा त्यहीँ राखेको बताएका थिए । 

वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले आफुलाई प्रधानमन्त्री कार्यलयबाट वेवारिसे शव व्यवस्थापन गर्न निदेर्शन आएको र शव केही समय अघि व्यवस्थापन गरीएको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x