
काठमाडौं, ३१ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा संखुवासभामा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । आयोजनाको शिलान्याससँगै पक्ष र विपक्षमा बहस शुरु भएको छ ।
नेपालको जलविद्युत् विकासको सन्दर्भमा अरुण तेस्रो सधैं चर्चा हुने आयोजना हो । कम्युनिस्ट सरकारका कारण यसअघि अरुणबाट विद्युत् उत्पादन गर्ने योजना तुहिएको नेपाली कांग्रेसले आरोप लगाउँदै आएको छ ।
आकर्षक मानिएको सो आयोजनाबाट उत्पादन हुने बिजुली भारतमै निर्यात गर्नेगरी सरकारले निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिएको छ ।
अरुण तेस्रो बनाउन विश्व बैंकले तत्कालीन अवस्थामा राखेको शर्तबारे विरोध गरेका र यसपटक पनि भारतीय कम्पनीलाई अरुण तेस्रो दिने सरकारको निर्णयको विरोध गर्नेमध्येका एक हुन् दिपक ज्ञवाली ।
अरुण तेस्रोको सधैं विरोध किन ? ‘लोकान्तर शो’मा पूर्व जलस्रोतमन्त्री ज्ञवालीसँग गरिएको ‘गरमागरम’ बहस हेर्नुहोस् भिडियोमा –