
काठमाडौं, ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ ।
बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
केही बेरमा दुई पार्टीका छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बस्ने र पार्टी एकताको सहमतिलाई अनुमोदन गर्ने उनले जानकारी दिए । त्यससँगै दुई पार्टी विघटन हुने छ ।
त्यसपछि नेताहरु नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने नेता पोखरेलले बताए । उनले पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन हुने बताए ।