![सुन्निएको ज्यानलाई मोटाएको ठान्ने भ्रम ओली-प्रचण्डले नपाले हुन्छ - कृष्ण पहाडी [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Krishna_Pahadi_Banner_eRpxh2WBig.png)
काठमाडौं, १५ जेठ -गणतन्त्र स्थापनाका लागि २०६२/०६३ सालमा भएको जनआन्दोलनको पृष्ठभूमि बनाउन नागरिक आन्दोलनको अगुवाइ गरेका थिए, मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले । तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरु गरेको विरोधमा पहिलो पटक सडकमा उत्रिएका थिए, पहाडी ।
त्यसपछि पनि उनी लगातार मानवअधिकारको आन्दोलनमा क्रियाशील छन् । नेपालमा गणतन्त्र स्थापनाको एकदशक पूरा भएको सन्दर्भमा ‘लोकान्तर शो’मा कुरा गर्दै पहाडीले अन्य शक्तिभन्दा राजनीतिक दलहरूको चरित्रका कारण गणतन्त्र खतरामा पर्ने टिप्पणी गरे ।
गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनका ती दिन कति कष्टपूर्ण थिए ? आन्दोलनमा नलाग्न कस्ता दबाब थिए ? गणतन्त्रको विरोधमा को–को थिए ? आलंकारिक राजाको पक्षमा को–को थिए ? को गणतन्त्रको पक्षमा थिए र को गणतन्त्रको विपक्षमा थिए ?
हेर्नुहोस्, पहाडीसँगको भिडियो कुराकानी :