
काठमाडौं, ३० जेठ - अर्जेन्टाइन फूटबल टीम विश्वकपको तयारीका लागि अभ्यास गर्न शिविरमा पुग्दा मेस्सीलाई हेर्न समर्थकहरूको भीड लागेको छ ।
मेस्सीलाई एक झल्को देख्नका लागि पनि करीब ४ सय समर्थक अर्जेन्टिनाको प्रशिक्षण शिविरमा पुगेका थिए । उनीहरूले 'मेस्सी, मेस्सी...' भन्दै नारा पनि लगाए ।
मस्कोको दक्षिणपूर्व स्थित ब्रोनित्सी पुगेर समर्थकहरूले मेस्सीको अभ्यास हेरे । समर्थकहरूले मेस्सीको नकाव लगाएर बार्सिलोना र अर्जेन्टिनाको झण्डा बोकेका थिए ।
अभ्यास सत्र सकिएपछि युवा समर्थकहरूले अटोग्राफका लागि मेसीलाई घेरे ।
अर्जेन्टिना विश्वकपका लागि अन्तिम तयारी मा छ । उसले आगामी शनिबार आइसल्याण्डसँग खेल्दैछ ।