१४ असार २०८३, आइतबार

साढे ३३ किलो सुनकाण्ड : बाजेको सेकुवामा गृह मन्त्रालयको छापा

जेठ ३०, २०७५
साढे ३३ किलो सुनकाण्ड : बाजेको सेकुवामा गृह मन्त्रालयको छापा

काठमाडौं, ३० जेठ – साढे ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले काठमाडौंस्थित बाजेको सेकुवामा छापा मारेको छ । 

सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले बुधवार छापा मारेको हो । 

समितिले काठमाडौंको बत्तिसपुतली र सोह्रखुट्टेमा रहेको बाजेको सेकुवा कर्नरमा छापा मारेको हो । सुन तस्करीसँग सम्बन्धित कागजात र सामानहरू रहेको आशंकामा समितिले पसलमा छापा मारेको हो । छापा मारेपछि पसल शिल गरिने समितिका एक सदस्यले बताए । 

गृह मन्त्रालयको छानबिन समितिका अनुसार गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न थिए । 

समितिका अनुसार चेतनले सुनमा लगानी गर्ने तथा तस्करी गरेर ल्याएको सुन व्यवस्थापन गर्ने काम गर्दथे । 

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका भण्डारी भने फरार छन् ।

salt training

कमेन्ट गर्नुहोस्