०३ साउन २०८३, आइतबार

नाइकीविना पनि हाम्रो काम चल्छ : इरान

नाइकीविना पनि हाम्रो काम चल्छ : इरान

काठमाडौं, ४ असार – फूटबल विश्वकपमा सहभागी इरानी टोलीलाई अमेरिकी जुत्ता कम्पनी नाइकीले आफ्नो सामान नदिने घोषणा गरेको छ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धलाई पालन गरेर नाइकीले सामान नदिने भएको हो । 

कम्पनीले बयान जारी गर्दै प्रतिबन्धका कारण सामानको आपूर्ति इरानीहरूलाई गर्न नसकिएको बतायो । 

तर शुक्रवारको खेलमा इरानले मोरक्कोलाई १–० ले हराएपछि इरानी प्रशंसकहरूले ‘नाइकी, हामीहरू तिमी विना पनि म्याच जित्न सक्छौं’ भनी नारा लगाए । 

यही नारालाई समातेर इरानीहरूले ट्विटरमा लेख्न थाले, ‘नाइकी हामीहरूले तिमीविना पनि भर्खरै गरेर देखायौं ।’ नाइकीको जस्ट डु इट अर्थात् गरिहाल भन्ने मोट्टोलाई समातेर उनीहरुले यस्तो नारा बनाएका हुन् । यो इरानमा भाइरल भयो ।

इरानले विश्वकप खेलमा दोस्रो म्याच जितेको हो । यसअघि सन् १९९८ मा उसले अमेरिकालाई हराएको थियो ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्