
- स्वप्निमे
अमुक पहाडजस्तै
पद्मासनमा अडिएका छौँ हामी
र उडेर आएको छ चिवर
हाम्रो कायामा
यो मौनतामा
घण्टाघरको सुईले खेप्नैछ
अझै लामो परिधि
पेण्डुलम ठेल्दै
प्रत्येक घण्टाको अन्तरालमा
रुप्चन काकाले बजाउनैछ
थाहा संगीत
साथी !
आजको दिन
बित्थामा लामो भएको होइन !
यहाँ
के के हुन बाँकी छ ~
त्यो भन्दा पनि धेरै त
थाहा हुनै पो बाँकी छ !
(सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस, सङ्गीत दिवस र रुपचन्द्र विष्टको स्मृतिदिवस)