३१ असार २०८३, बुधबार

विश्वकपको नकआउट म्याचदेखि नयाँ बलले खेलाइने

विश्वकपको नकआउट म्याचदेखि नयाँ बलले खेलाइने

काठमाडौं, १५ असार – एडिडास फूटबलले फिफा विश्वकपको नकआउट चरणमा खेलाउनका लागि आधिकारिक म्याच बल शुक्रवार सार्वजनिक गरेको छ । 

टेल्स्टर मेख्ता बलमा नयाँ रातो डिजाइन छ र यो रुसका रंगहरूबाट प्रेरित छ । अनि नकआउट चरणको बढ्दो तातोलाई पनि यसले संकेत गरेको छ ।

मेख्ताले रुसी भाषामा सपना वा महत्त्वाकांक्षा जनाउँछ । यो बल समूह चरणमा प्रयोग गरिएको टेल्स्टार १८ कै डिजाइन सामग्रीबाट बनाइएको हो । तर अहिले यसलाई नकआउटको तीव्रता र अवसर झल्काउने हिसाबमा बनाइएको छ । 

सन् २०१४ को विश्वकपमा प्रयोग भएको आधिकारिक म्याच बलको सबभन्दा राम्रो तत्त्वलाई यो बलले समेटेको छ भने प्रदर्शनलाई बढाउनका लागि थप राम्रो प्रविधि बनाइएको छ । यसलाई व्यापक परीक्षण गरेर संसारका सर्वोत्कृष्ट
फूटबलरका लागि उपयुक्त बनाइएको छ । अग्रणी राष्ट्रिय टोली र क्लबहरूले परीक्षण प्रक्रियामा भाग लिएका थिए । 

यसपालिको विश्वकपको बलमा चिप पनि जडान गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्