×

NMB BANK
NIC ASIA

चिनियाँ नाकामा फेरि मौलायो सुन तस्करी, स्विट्जरल्याण्डको सुन चीनबाट नेपाल हुँदै भारत तस्करी

असार १८, २०७५

NTC
Premier Steels

काठमाडौं, १८ असार – आइतवार अपराह्न । नेपाल–चीन सीमा नाका केरुङमा उपस्थित भए सिन्धुपाल्चोकको भोटेकोशी–५ पोखरीका २३ वर्षीय २३ का तेन्जिङ तामाङ । 

Muktinath Bank

रसुवामा रहेको एक हाइड्रो पावर कम्पनीमा कार्यरत तेन्जिङ आइतवार घर फर्किदै थिए । घर फर्किने तयारीमा रहेका बेला उनले अर्को काम पनि पाए । सामान्य चिनजान भएका अन्य ४ जना व्यक्तिले उनको कम्मरमा गाढा खैरो रंगको एक सल बाँधिदिए । सलमा ६ वटा बिस्कुट राखियो । जसलाई खैरो रंगको टेपले बेरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बा९५प ८१६४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल दगुराएर करीब २ घण्टापछि तेन्जिङ काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गा पुगे । उनी काठमाडौंको सीमा टेक्नु अगाडि नै काठमाडौं प्रहरीलाई खबर प्राप्त भइसकेको थियो । केरुङबाट सुन आउँदै छ भन्ने । सोही सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग थानकोटको प्रहरी टोलीले केही मोटरसाइकलमाथि कडाइ साथ चेकजाँच शुरू गरिसकेको थियो । 


Advertisment
Nabil box
Kumari

चेकजाँचकै क्रममा तेञ्जिङले कम्मरमा बाँधेर ल्याएको ६ किलो सुन प्रहरीले फेला पार्यो, आइतवार साँझ ७ बजेर ३० मिनेटमा । सुनसहित पक्राउ परेका तेञ्जिङ अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले उनीमाथि भन्सार ऐन २०६४, दफा (५७) को उपदफा (१) को (ङ) बमोजिम अनुसन्धान अगाडि बढाएको छ । 

Vianet communication

चिनियाँ नाकाबाट फेरि मौलायो तस्करी

१९ भदौ २०७४ (सोमवार) प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक गाडी नियन्त्रणमा लिएको थियो । बा१७च ६४२७ नम्बरको गाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो ।
गाडीका चालक अधिकारी सुनसँगै पक्राउ परेका थिए । ८८ किलो सुन प्रकरणमा काठमाडौंका आधा दर्जन सुन व्यापारी पनि पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार ८८ किलो सुन पक्राउ परेपछि रसुवा नाकाबाट सुन तस्करी केही कम भएको थियो । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेका बेला अहिले चिनियाँ नाकाबाट हुने सुन तस्करी पुनः मौलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल केरुङ नाकामा पुनः सुन तस्करहरू सक्रिय भएको बताउँछन् । 

‘केही दिन अगाडिदेखि नै हामीलाई केरुङ नाकाबाट पुनः सुन तस्करी शुरू भएको भन्ने सूचना आइरहेको थियो,’ एसएसपी पोखरेल भन्छन्, ‘सूचना पाएको दिनदेखि नै हामीले कडाइ साथ चेकजाँच गरिरहेका थियौं । आइतवार आएर ६ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।’

केरुङ नाकाबाट सुन तस्करी गर्ने गिरोह पुनः सक्रिय भएको सूचना पाएकाले आफूहरूले अनुसन्धानलाई थप प्रभावकारी रुपमा अगाडि बढाएको पोखरेलको भनाइ छ ।

सुन तस्करीमा चिनियाँ व्यापारीको संलग्नता ?

आइतवार साँझ ६ किलो सुनसहित पक्राउ परेका तेञ्जिङलाई केरुङबाट काठमाडौंको स्वयम्भूसम्म सुन पुर्याउन भनिएको थियो । केरुङबाट काठमाडौंसम्म सुन पुर्याएवाफत उनलाई ५० हजार रुपैयाँ दिने भनिएको थियो ।

तेञ्जिङले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उक्त सुन चिनियाँ व्यापारीको भएको बताएका छन् । ‘तेञ्जिङलाई सुन दिनेहरूले यो चिनियाँ व्यापारीको सुन हो भनेका रहेछन्,’ आइतवार साँझ पक्राउ परेको सुनबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उनीबाट हामीले केही तथ्यगत जानकारी पनि पाएका छौं । उनले भनेका चिनियाँ व्यापारीबारे अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार तेञ्जिङसँग रोमिङ सुविधासहितको चिनियाँ नेटवर्कको सीमकार्ड समेत थियो । चिनियाँ रोमिङ सहितको सीम बोक्ने तेञ्जिङ नेपाली नाकाबाट चिनियाँ बजारसम्म पुग्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

स्विट्जरल्याण्डको सुन चीनबाट नेपाल हुँदै भारत तस्करी

प्रहरीले शनिवार मात्रै नागढुङ्गा नाकाबाटै ३ किलो सुनसहित १ नेपाली र १ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । यूके ०२ ४६८४ नम्बरको जीपको एयर फिल्टरमा राखिएको ३ किलो सुनसहित उनीहरू पक्राउ परेका थिए । सुनसहित पक्राउ परेका २ जनाको बयानका आधारमा प्रहरीले थप ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा भारतका ‘क’ श्रेणीका ठेकेदारसहित महिलाहरू थिए । 

उनीहरूले काठमाडौंबाट भारत लैजान लागेको सुन संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् नेपाल भित्र्याइएको थियो । शनिवार बरामद गरिएको ३ किलो सुनमा युएईको ईमिरेट्स गोल्ड कम्पनीको छाप थियो । 

प्रहरीले आइतवार बरामद गरेको ६ किलो सुन भने स्विट्जरल्याण्डबाट चीन आयात भएको सुन हो । आइतवार पक्राउ परेको सुनमा स्विट्जरल्याण्डको आर्गाेर हेरायुस एसए कम्पनीको छाप अंकित छ । स्विट्जरल्याण्डको मेन्ड्रिसियो शहरमा रहेको यो कम्पनीले सुन, चाँदी, प्लाटिनम लगायत बहूमल्य धातूको प्रशोधन गरी विश्व बजारमा निर्यात गर्ने गर्छ । 

सबै सुनको बजार भारत

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको सुन समितिले विगत २०४४–४५ सालदेखि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् हुने सुन तस्करीको छानबिन गरिरहेको छ । 

समितिले गरेको अनुसन्धानकै आधारमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका मोरङ उर्लावारीका गोरे भनिने चूडामणि उप्रेती, प्रहरीका बहालवाला उच्च अधिकारीसहित ३१ जना पुर्पक्षका लागि थुनामा छन् । 

नेपालमा तस्करी भएको १७ अर्बभन्दा बढी मूल्य बराबरको सुनबारे छानबिन चलिरहँदा तस्करहरूले भने सुन तस्करी छाडेका छैनन् । सानो परिमाणमा भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि सुन तस्करी भइरहेको शनिवार नागढुङ्गबाट बरामद भएको ३ किलो सुनले प्रमाणित गर्छ । यस्तै, आइतवार पक्राउ परेको ६ किलो सुनले चिनियाँ नाकाबाट पुनः सुन तस्करी मौलाएको संकेत गर्छ । 

प्रहरी स्रोतका अनुसार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ नाका हुँदै भित्रिने सुन नेपाल हुँदै भारत तस्करी हुन्छ । शनिवार बरामद भएको सुन तस्करीमा त ४ जना भारतीय नागरिककै संलग्नता देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x