२७ असार २०८३, शनिबार

मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं, १८ असार– मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

ब्राजिलको जितमा ५१ औं मिनेटमा नेयमारले गोल गरे । उनले विलियनको पासमा गोल गरेका थिए  । 
यस्तै   खेलको  ८८ औं मिनेटमा रोबर्टोले अर्को गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । 
रसियाको सामरा एरिना रंगशालामा साेमबार राती यी दुई टीमबीच खेल  भएको हो ।   

हारसँगै  क्वार्टरफाइनलमा पुग्ने लक्ष्य लिएको मेक्सिकोको सपना चकनाचुर भएको छ । मेक्सिकोले लगातार सातौंपटक विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएर पछिल्लो ६ पटक त्यहीँ अड्किएको थियो ।  

फिफा विश्वकपमा मेक्सिको दुईचोटि मात्र क्वार्टरफाइनल पुगेको छ । सन् १९७० र १९८६ मा उसले अन्तिम ६ मा स्थान बनाएको थियो । 

१६ तस्बिरमा हेर्नुहोस् ब्राजिल विजयी भएको खेल

salt training

कमेन्ट गर्नुहोस्