
काठमाडौं, २२ असार– विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले फ्रान्स र उरुग्जे भिडिरहेका छन् ।
निझ्नी नोभ्गोरोदमा खेल जारी रहेको हो ।
ब्लेउज भनी चिनिने फ्रान्सले अन्तिम १६ को खेलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई ४–३ गोलको अन्तरले हराएको थियो ।
उता उरुग्वे भने क्रिस्टिायानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ ले हराउँदै अन्तिम ८ मा पुगेको हो ।